पोखरामा अचानकको हावाहुरीले आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा चलाउन रोक
10-June-2018

जक्सन डटकम 
पोखरा, जेठ २७ 

पोखरामा आइतबार दिउँसो एक्कासी आएको हावाहुरी सहितको पानीले फेवातालमा प्याराग्लाईडिङ खसेको छ । तालमा ३ वटा, नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
मानवीय क्षतिबारे खुलेको छैन । प्रहरी खोजी कार्यमा जुटेको छ । सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् । आईतबार मात्रै सय भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए ।
यसैबीच, हावाहुरीले तालमा रहेका डुंगा पनि पल्टिएको छ । मान्छे सवार नभएका कारण मानवीय क्षति भने भएको छैन । फेवातालमा छाल उठ्न थालेपछि डुंगा चलाउन रोक लगाइएको थियो ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

Write a Comment

Events
Random Picks