सराङकोटमा अघिल्लो साता फेला परेको शवको पहिचान खुल्न सकेन
14-June-2018


जक्सन डटकम 
पोखरा, जेष्ठ ३१ 
पोखराको सराङकोटमा अघिल्लो साता फेला परेको शवको पहिचान खुल्न सकेको छैन । जेठ २३ गते सराङकोट स्थित देउराली घुम्ति नजिक सडक किनारमा शव भेटिएको थियो । अन्दाजी २५(३० बर्षजस्तो देखिने महिलाको शव अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थल र शवको प्रारम्भीक अनुसन्धान गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । गहुँ गोरो वर्णकी मझौला शरिरकी महिलाले घाँटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते लगाएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।
मंगल सुत्र, मीनीहार, दुबै कानमा पहेलो लुर्कन, बायाँ हातमा दुईवटा र दाहिने हातमा एक औठी लगाएको अवस्थामा लास फेला परेको हो । मृतकका आफन्त फेला नपरेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

Write a Comment