पोखरामा यतिको जहाज ठूलो दुर्घटनाबाट जोगियो
17-June-2018


जक्सन डटकम सोत्र गण्डक न्युज
पोखरा, असार ३
पोखरा विमानस्थलमा अपरान्ह पौने ३ बजे ल्याण्ड गर्ने क्रममा यति एयरलाइन्सको जहाजले धावनमार्ग छाडेको छ । काठमाण्डौबाट पोखरा आएको फ्लाईट ६८१ नम्बरको जेट स्ट्रिम जहाज हाइड्रोलिक फेलर भएपछि घाँसे मैदानमा पुगेको हो ।
रनवे पिचबाट २० मिटर टाढा घाँसे मैदानमा पुगेको विमानस्थल श्रोतले जनाएको छ । विमानमा ३० यात्रु सवार रहेको बुझिएको छ । यतिको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो । पोखरामा लगत्तै पानी परेको छ ।
थप विवरण आउन बाँकी ।

 

Write a Comment

Events
Random Picks