‘सेप अप जुम्बा’ द्वारा पोखरा बृद्धाआश्रममा खाना वितरण
18-June-2018

पोखरामा जुम्बा एरोबिक फीट्नेस सेन्टर”SHAPE UP ZUMBA AND AEROBIC FITNESS CENTRE” ले शनिबार पोखराको सितापाइला स्थित पोखरा बृद्धाआश्रमका बृद्धावृद्धालाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।  बृद्धाआश्रमका ७२ जना बृद्धवृद्धालाई  “सेप अप जुम्बा न्युरोड” ले खाना खुवाएको हो ।

जसमा खानाको साथै फलफुल अनि जुस पनि वितरण गरिएको थियो । जसमा मीस एण्ड मिसेस फिट्नेस सिजन दुई २०१८ कि फस्ट रनर चादनी पुन मगर र सेकेन्ड रनर इच्छा मल्ल ठकुरीको पनि सहभागिता रहेको थियो ।

यस सेप अप जुम्बा का संच्चालिका जिन ऋतु थापा मगर र प्रशीक्षीका खुशी थापा मगरको नेतृत्वमा उक्त बृद्धाआश्रममा खाना खुवाइएको थियो ।

Write a Comment

Events
Random Picks