लियो क्लब अफ पोखरा पिस भ्यालीको अध्यक्षतामा थापा
3-July-2018


जक्सन डटकम
पोखरा, असार १९ 
लायन्स क्लब अफ पोखरा पिस भ्याली अन्तर्गत लियो क्लब अफ पोखरा पिस भ्यालीको लायन वर्ष २०१८–२०१९ को अध्यक्षतामा विग्नेश थापा , उपाध्यक्षमा कञ्चन पाण्डे, सचिवमा प्रदिप ज्ञवाली र कोषादक्षमा सुरुचि थापा मगर चयन भएका छन् । 
यस लियो क्लब अफ पोखरा पिस भ्याली लायन्स क्लब अफ पोखरा पिस भ्याली अन्र्तगत स्थापना भएको हालसम्मको तेस्रो वर्ष आरम्भ भएको छ । उक्त लियो क्लब अफ पोखरा पिस भ्याली लायन्स अन्तर्गत  र लियो अन्र्तराष्ट्रिय दर्ता भई सो क्लबको लायन्स अन्र्तराष्ट्रिय दर्ता (नं.१३५३०२) पनि भइसकेको छ । यस संस्थाले विगतमा सामाजिम कामहरु पनि गर्दै आएको छ । जसमध्ये बाढी पहिरो पिडितलाई, दृष्टिविहिन बालबालिकालाई ,कुष्टरोगी वृद्धावृद्धहरुलाई सहयोग  गरेको छ । त्यसैगरी लाचोकमा वृक्षारोपण गरिएको थियो । बाल सुधार गृह केन्द्रमा शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको थियो । विद्यालयका आर्थिक स्थिती कमजोर भएका बालबालिकाहरुलाई शारदा छात्रवृत्ति प्रदान गरिएको थियो । 
लियो क्लबका अध्यक्ष विग्नेश थापाले "आगामी वर्षहरुमा पनि निरन्तर समाज, राष्ट्र र अन्र्तराष्ट्रिय रुपामा सामाजिक काम गर्ने प्रतिबद्धता गर्नुभएको छ ।" 

 

Write a Comment

Events
Random Picks