पोखरामा मोबाइल ल्यापटप तथा बहुमुल्य सामानहरु चोरी गर्ने दुई प्रकाउ
4-July-2018


जक्सन डटकम
पोखरा, असार २० 

कास्की प्रहरीले पोखरामा र आसपासका क्षेत्रहरुमा ठुलो परिणाममा मोबाइल ल्यापटप जस्ता ग्याजेटहरु तथा विभिन्न बहुमुल्य सामानहरु चोरी गर्ने दुई व्यक्तिलाई  प्रकाउ गरेको छ । 

प्रकाउ पर्नेमा बाग्लुङ बडा नं ९ स्थाई घर भई हाल बडा नं ७ पोखरा मासबार बस्ने  बर्ष ४१ का जिवन भनिने  डोर बहादुर बुढा  र धादिङ वडा नं २ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका बडा नं ३१ डेरा गरी बस्ने बर्ष ४२ का प्रेम तामाङ रहेका छन् । 

कास्की प्रहरीले १२ बुद्धे कार्ययोजना अन्तरगत विगत १ महिना देखि  बिषेश अनुसन्धान टोलि परिचालन गरी चोरीमा संग्लन ब्यक्तिहरुलाई खोजि गरी  पक्राउ गर्न सफल भएको हो । बडा प्रहरी कास्की बैदामको बिशेष टोलीले  निज व्यक्तिहरु लाई असार १९ गते मंगलबारका दिन उनीहरुकै डेराबाट पक्राउ गरेको हो ।

पोखरालेखनाथ महानगरपालिका बिभिन्न स्थानहरुमा भएका चोरीको घटनाको सिटिटिभि फुटेज  तथा मोबाईल तथा ल्यापट बनाउने पसलहरुमा प्रहरीले  समन्यव गरी यस्ता किसिमको ब्यक्तिको निग्रानी तथा  खोजतलास गर्दै जादा निज व्यक्तिहरु पक्राउ परेको प्रहरीले जानेको छ ।

लेकसाईड स्थित बोमा होटल लगायतका बिभिन्न ठाउमा चोरी गरेको जिवन र प्रेम तामाङले स्वीकारेको  कास्की प्रहरी प्रमुख ओम रानाले जानाएका छन्  । 

कास्की  प्रहरीले थप अनुसन्धान कार्य जारी रहेको  बताएको छ ।  

डोर बहादुर बुढा र प्रेम तामाङको साथबाट बरामद भएका सामानहरु निम्न लिखित छन् ।

१. Samsung galaxy tab s2

२. HP laptop र कभर

३. Oppo A375 मोवाईल

४. OppoF1S मोवाईल

५. Oppo F3 मोवाईल 

६. Samsung galaxy c7 pro मोवाईल

७. Samsung galaxy s5 मोवाईल

८. Samsung galaxy GT_56790 मोवाईल

९. Samsung SMB313E/D मोवाईल

१०. HTC PNO7140 मोवाईल

११) Apple A1474 iPad

१२) Logitech wireless keyboard

१३) Samsung NP-QX 411-WO1UB

१४) Mobile cover-६ थान.

१५) सिल्भर रङको Power bank 

१६) सेतो रङको  power bank

१७) IPad

२०. कालो रङको टोपि

२१. Sony camera

२२. Axle router

२३. Deuteraer stripes कालो रङको छालाको झोला

२४. विभिन्न रङका झोला हरु-६ थान.

२५. कालो रंङको छालाको झोल

२६. सुनको जस्तो देखिने कानमा लगाउने मुन्द्रा २ थान

२७. सुनको जस्तो देखिने घाटिमा लगाउने "J" लेखेको लकेट भएको सिक्री

२८. सुनको जस्तो देखिने धातुको बेरुवा औठि

२९. सुनको जस्तो देखिने २ वटा हरियो पत्थर भएको औठि

३०. नगद रु.१,१८,५००।–

३१. निलो विड भएको पेचकस

३२. हेक्सा ब्लेड

३३. हातको पन्जा

३४. सेल्फि स्टिक

३५. डोर बहादुर बुढाले कृषि बिकास बैङ्क लि.मा रकम जम्मा गरेको भौचर दुई थान ।

Write a Comment