तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने माग गर्दै गण्डकी प्रदेश बन्द: जनजिबन प्रभावित
9-July-2018


जक्सन डटकम 
पोखरा, असार २५ 
तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी प्रदेश बन्दले पोखरामा प्रभाव परेको छ । गण्डकी प्रदेश बन्दका कारण सार्वजनिक गाडी नचल्दा यात्रुलाई समस्या भएको छ ।
प्रदेश सभाले साविक ४ नम्बर प्रदेशको नाम गण्डकी राखेपछि जातीय संघ संस्थाले बन्द गराएका हुन् । बन्दका कारण सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् र  मुख्य बजारका पसलहरू विद्यालयहरू, क्याम्पसहरू पनि ठप्प  छन् । निजी गाडी, मोटरसाइकल केही मात्रामा सञ्चालनमा आएका छन् ।तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण गण्डकी प्रदेशका ११ जिल्लामा सार्वजनिक गाडी चलेका छैनन् ।  उनीहरूको आन्दोलनलाई नयाँ शक्ति, संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन गरेको छ ।
बन्द हालसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुइतिहाई बहुमतले पारित गरेको थियो ।

तस्बिर: निशान प्रजापती

Related Images

Write a Comment