“ मिस पोखरा २०१८”को आबेदन फारम खुल्ला : बिजेतालाई स्कुटर र अष्ट्रेलिया भ्रमण
12-July-2018

जक्सन डट कम 
असार २८, पोखरा ।

पोखरामा हुने विभिन्न सौन्दर्य प्रतियोगिताहरु भन्दा लामो इतिहास बोकेको " मिस पोखरा "ले  दशौं संस्करणका लागी आबेदन फारम  खुल्ला गरेको छ ।

युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ दशौं संस्करणको सौन्दर्य प्रतियोगिता “ मिस पोखरा २०१८” हुन लागेको आयोजक पोखरा जेसीसले जनाएको छ ।

हिमा अस एजुकेशन कन्सल्टेन्सिको मुख्य प्रायोजन हरेको दशौं संस्करणको “ मिस पोखरा २०१८” को लागी ओदन फारम खुल्ला भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

प्रतियोगितामा प्रमाणपत्र तह उतिर्ण गरेका र १६ देखी २४ बर्ष सम्मका अविभाहित नारीहरुले सहभागीता जनाउन पाउने कार्यक्रम संयोजक जेसी देबराज शर्माले बताए । सहभागी हुन चाहानेहरुले फारम भरिसके पछी साउन १९ गते अडिसन हुने र करिब एक महिनाको बन्द प्रशिक्षण  पछी असोज २० गते प्रतियोगिताको फाईनल पोखरा सभागृहमा हुने उनले बताए ।

प्रतियोगिताको बिजेताले 'मिस पोखरा'को टाईटल संगै ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर सहित एक हप्ता अष्ट्रेलिया भ्रमणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । 

त्यसै गरी फर्स्ट रनर अपले ताज, ३० हजार रुपैया र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन भने सेकेण्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन । अन्य १० जना प्रतियोगिलाई बिद्यागत रुपमा सब टाईटल अवार्ड सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जानेको छ ।

मिस पोखराले मिस नेपालमा पनि सिधै, बिना अडिसन सहभागी हुन पाउने भएकाले पनि यो प्रतियोगितालाई बिशेष महत्वका साथ हेरिने गरिन्छ ।

सन् १९९५ मा पहिलो मिस पोखरा रिता गुरुङ मिस नेपाल फर्स्ट रनर अप हुन सफल भएकी थिएन । त्यस्तै सन् १९९७ मा मिस पोखरा निलिमा गुरुङले मिस नेपालको उपाधी जितेर इतिहास रच्न सफल भईन । तर त्यस पछिका मिस पोखराहरुले मिस नेपालमा खासै उत्क्रिस्ट प्रदर्शन गर्न सकेका छैनन् । 

त्यति मात्रै कहाँ होर ! पोखरा भित्र पनि अहिलेका मिस पोखराहरुको खासै चर्चा सुन्न पयिन्न । यसमा आयोजक र बिजेता दुवै ध्यान जान जरुरी देखिन्छ ।

अब बन्ने मिस पोखराले भने मिस नेपाल मात्रै होइन मिस वर्ल्ड नै जित्न सकुन हाम्रो शुभकामना । 

फोटो : निशान प्रजापति / जक्सन डट कम 

Write a Comment

Events
Random Picks