२२ दिनपछि मृत भेटिए बेपत्ता भएका पोखरा महानगरका वरिष्ठ अधिकृत पौडेल
14-July-2018

जक्सन डट कम 
असार ३०, पोखरा ।

बिगत २२ दिन देखी सम्पर्कविहीन  पोखरा-लेखनाथ महानगरपालिका सामाजिक महाशाखाका वरिष्ठ अधिकृत ओमराज पौडेल सेतीनदी किनारमा मृत अवस्थामा भेटिएका छन् ।

तनुहँको भिमादको सेतीनदि किनारमा उनको सव फेला परेको छ  र आफन्तले पहिचान गरेको कास्की प्रहरीले जनाएको छ । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए । 

पौडेलले पोखरा महेन्द्रपुलबाट हाम फालेको निष्कर्ष कास्की प्रहरीले यसअघि सार्वजनिक गरेको थियो ।  क्षतिक्षत अवस्थामा रहेको उनको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याउने  प्रहरीले जनाएको छ । 

पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए ।

उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।

पत्रमा लेखिएको छ ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’

Write a Comment

Events
Random Picks