सिर्जना चौतारीको वृक्षारोपण कार्यक्रम
14-July-2018

जक्सन डट कम 
असार ३०, पोखरा ।

लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीको आयोजनामा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ शसस्त्र प्रहरी गुल्म तथा कारागार कार्यालय अगाडी भएको वृक्षारोपण कार्यक्रममा कपुर, धुपी, चाँप लगायतका ७० विरुवा रोपिएको थियो । रोपिएका विरुवाको सुरक्षाका लागि ३५ वटा ट्रिगार्डको व्यवस्था समेत क्लबले गरेको थियो । ३५ वटा ट्रिगार्डका लागि झण्डै २ लाख २५ हजार खर्च भएको क्ल्बका अध्यक्ष जित बहादुर थापा गोपालले जनाए । आफ्नो कार्यकालको पहिलो कार्यक्रमलाई महत्वपुर्ण बनाउने भन्दै अध्यक्ष थापाले रोपिएका विरुवाको गोडमेल तथा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे । विरुवा हुर्कीसकेपछि चौतारा निर्माण गर्ने आफ्नो योजना भएको उनले सुनाए ।

पूर्व मल्टिपल काउन्सील चियर पर्सन दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले वृक्षरोपण गरेर मात्र जिम्मेवारी पुरा नहुने भन्दै त्यसको संरक्षण गुर्नपर्नेमा जोड दिएका थिए  ।  पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बरालले वडाको अभियानमा साथ दिदै सिर्जना चौतारीले गरेको कार्यको प्रशंसा गरे । वडा नम्बर ७ लाई पोखराको नमुना वडा बनाउने अभियानमा आफु रहेको उनको भनाइ थियो ।  सिनियर डिस्ट्रिक एडभाइजर विशेश्वर आचार्यले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा योगदान दिने बताए ।

कार्यक्रममा डेपुटि डिर्पाटमेन्ट चिफ बालकृष्ण बराल, वृक्षारोपण कमिटि चियरपर्सन सावित्री अर्याल, जोन चियर पर्सन सन्तोष घिमिरे र दुर्गा कुमारी आचार्य, कमिटि चियर पर्सन बसन्त गिरी, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतम, लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका प्रथम उपाध्यक्ष जीवन गोर्खाली, सचिव जनक बहादुर कार्की, कार्यक्रम संयोजक हेमराज पराजुली लगायतले लायन्स क्लबको महत्वपुर्ण कार्यक्रमको रुपमा हरेक वर्ष आयोजना गरिने वृक्षारोपण कार्यक्रमको महत्वको बारेमा बोलेका थिए ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट क्लबका गतिविधि सञ्चार माध्यममा ल्याउन सहयोग गरेको भन्दै कान्तिपुर पब्लिकेसन प्रालि तथा रेडियो अन्नपुर्णमा कार्यरत पत्रकार राजाराम पौडेललाई सम्मान गरिएको थियो । पौडेललाई पिएमसिसि दिपक क्षेष्ठ, वडाध्यक्ष रामचन्द्र बराल, सिनिएर डिष्ट्रिक एडभाइजर विशेश्वर आचार्य, क्लब अध्यक्ष जित बहादुर थापा गोपाल, संस्थापक अक्ष्यक्ष बालकृष्ण बरालले सम्मान गरेका हुन् ।

Write a Comment

Events
Random Picks