पोखरा लेकसाइडमा आफै गाँजा फाड्दै एसपी राना
21-July-2018

जक्सन डट कम 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) ओम बहादुर राना आफै पोखराका लेकसाइड खहरेमा गाँजा फडानी गर्न पुगेका छन् । 

सामुदायीक प्रहरी सेवा केन्द्र बैदाम, लागुऔषध नियन्त्रण ब्युरो पोखरा साथै अन्य सरोकारवाला निकायहरुको सहभागितामा हिजो शुक्रबार गाँजा फडानी भएको थियो। गाँजा फडानीको उद्‍घाटन एसपी राना आफैले गांजाका बोट काटेर गरेका थिए ।

पोखरा ६ लेकसाइडमा खाली रहेको जग्गा र डाडाँका विभिन्न ठाउँमा गाँजा भेटिएको उनले बताए । लागुऔषध नियन्त्रण अभियान अन्तरगत गाँजा फडानी गरेको उनले बताए ।

शुक्रबार मात्रै करिब १ सय बोट गाँजा फडानी गरेको र अझै १ सय बोट रहेको उनको भनाई छ । 

लागुऔषधसंग सम्बन्धित सबै प्रकारका घटनाहरुमा कमि ल्याई लागुऔषध रहित समाजको निर्माण गर्ने उद्‍श्यले जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध दुर्वयसनी निस्तेज अभियान समेत सुरु गरेको छ ।  

Write a Comment

Events
Random Picks