पोखरामा एकैदिन मिटरमा जान नमान्ने १७ ट्याक्सीसहित ५३ व्यक्ति पक्राउ
22-July-2018

जक्सन डटकम 
पोखरा, साउन ६

पोखरामा मिटरमा जान नमान्ने १७ ट्याक्सी सहित ५३ व्यक्ति एकैदिन कारवाहीमा परेका छन् ।

पोखरा नगरक्षेत्रमा संचालित भाडाका मिटर ट्याक्सीले सर्वसाधरण यात्रुसँग मिटरमा जान नमानी भाडा दर भन्दा बढी भडा लिने  गुनासोको आधारमा प्रहरीले  गरीएको स्विप अप्रेशनको क्रममा १७ ट्याक्सीसहित ५३ व्यक्ति पक्राउ परेका हुन् ।
ट्याक्सी र व्यतिलाई  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद-६ को दफा ९६ बमोजिमको कसुरमा ऐ ऐनको परिच्छेद-१० को दफा १६० को देहाय २ (ख) बमोजिम आवस्यक कार्वाहीको लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएका छन्  ।

कास्की जिल्लाको सुरक्षा स्थितीलाई आकलन गरी तयार पारिएको १२ बुद्धे कार्ययोजना अन्तरगत अपराधिक कृयाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार,गुण्डागर्दी विरुद्व कडा कारवाही,घरेलु मदिरा तथा लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रणमा निरन्तरता साथै चोरी,लुटपाट, कालोबजारी न्यूनिकरणमा जोड दिदै नियमित रुपमा हप्तामा १ दिने गरिने विशेष चेकिङ ९ स्वीप अप्रेशन० अन्तरगत शनिवार कास्की जिल्ला स्थित पोखरा लेखनाथ महानगरपालिका तथा आसपासका ईलाकाहरुमा प्रहरी टोलि परिचालन गरी ५३ जना ब्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी आफन्तको जिम्मा लगाईएको एसपी रानाले जानकारी दिए ।

 

Write a Comment