टेलिकमको २७ औं वर्षिकोत्सवमा नयाँ कर्मचारीलाई स्वागत
23-July-2018


जक्सन डटकम 
पोखरा, साउन ७
नेपाल टेलिकम वर्कर्स युनियन कास्कीले विभिन्न शाखाबाट सरुवा आएका कर्मचारीलाई स्वागत गरेको छ । २७ औं वर्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा फुटसल, घैटो फुटाउने प्रतियोगितामा विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।

युनियनका अध्यक्ष सन्तोष बरालको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय कोषाध्यक्ष महेश्वर खड्काले सबै मिलेर टेलिकम र युनियनलाई उच्च बनाउन अनुरोध गरे । युनियनका सल्लाहकार प्रेमराज ढुंगानाले स्वागत मन्तव्य व्यक्त गर्दै कविता वाचन गरेका थिए । 
कार्यक्रममा नेपाल टेलिकम पोखराका निमित्त प्रमुख उपप्रबन्धक भुवन रञ्जित, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्रप्रसाद तिमिल्सिना, सहसचिव केदार धमला, वर्कर्स युनियनका सल्लाहकार दिनेशमणि लामिछाने, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्कीका अध्यक्ष शोभाखर भण्डारी, टेलिकममा आधिकारीक ट्रेड युनियनका अध्यक्ष मोहन सुवेदी लगायतले बोलेका थिए । 
युनियनले ३६ औं विपी स्मृति दिवसको अवसरमा तस्बिरमा माल्यार्पण गर्दै उनको विचारले देश चलिरहेको उल्लेख गरिएको कार्यक्रम सञ्चालक एवं युनियनका सचिव कुमुदकुमार महतोले जनाकारी दिए । 
 

 

Write a Comment

Events
Random Picks