तिन सय विद्यार्थी, १६ अष्ट्रेलियन युनिभर्सिटी : ग्लोबल रिचको अष्ट्रेलियन युनिभर्सिटी फेयर
5-August-2018

सुरक्षा श्रेष्ठ / जक्सन डटकम 
पोखरा, साउन २०

परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिच पोखरा शाखाको आयोजनामा अष्ट्रेलियन युनिभर्सिटी फेयर आईतबार सम्पन्न भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ग्लोबल रिचले सो फेयर (मेला) आयोजना गरेको हो ।

फेयरमा अष्ट्रेलियाका प्रशिद्ध १६ वटा विश्वविद्यालयका प्रतिनिधिहरु प्रत्यक्ष सहभागी रहेको थियो । उच्च शिक्षाका लागि काउन्सिकिङ्ग लिन अष्ट्रेलिया जान चाहने विद्धार्थीहरुको बाक्लो उपस्थिती  थियो ।

विद्यार्थीहरुले विश्वविद्यालय, फि स्ट्रक्चर,अध्ययन वर्ष र पढ्न चाहेको विषयका बारेमा आफैले विश्वविद्यालयका प्रतिनिधि सँग प्रत्यक्ष भेट गरि काउन्सिकिङ्ग लिन पाएकोमा खुशी ब्यक्त गरेका थिए ।

आजको मेलामा करिब तिन सय जना विद्यार्थीहरु र अभिभावकहरुले अवलोकन गरेको ग्लोबल रिच कन्सलटेन्सिका कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिनुभयो । 

‘उच्च शिक्षाका लागि अष्ट्रेलिया जान सक्ने सम्भावना तथा राम्रो प्रोफाइल भएका विद्यार्थीको लागी फेयर लाभकारी बन्यो । ,’ उनले भनिन्, ‘हाम्रो सेवाबाट प्रभावित भएर ग्लोबल रिचप्रति विद्यार्थीको आकर्षण बढेको छ ।’

ग्लोबल रिचले यस्ता मेला जनवरी र अगष्टमा गरी वर्षमा दुई पटक गर्दै आएको छ ।
 

Related Images

Write a Comment

Events
Random Picks