पोखरामा चोरीका घटना बढे
19-August-2018


जक्सनडटकम 
पोखरा, भदौ  ३
पोखरामा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबा राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ ।
पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो । मुख्य सडकमा रहेको पसलमा चोरले साँचो फोरी
करिब नगद सात हजार र करिब दस हजार बराबरको पसलका समान चोरी गरेको सल धनी नवीन क्षत्रिले जानकारी दिए ।
बिहीबार राती पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन गरिएको दान रकम नै चोरी भएकोथियो ।
कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा अध्यक्ष प्रकाशपौडेलले जानकारी दिए ।
दान पेटिकामा ८ देखि १० हजारसम्म जम्मा भईसकेको अनुमान उनले गरे । मोनिटर र दान पेटिकाको रकम गरी करिब २५ हजार बराबरको क्षतिभएको पौडेलले बताए । विहान कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भएको थियो ।
चोरी भएको थाहा पाउने वित्तिकै वडा प्रहरी कार्यालयमा जानकारी गराईएको र प्रहरीले घटनास्थलको निरिक्षण गरी मुचुल्का उठाएको छ ।
स्रोत: गन्थन डटकम

 

Write a Comment

Events
Random Picks