बिजुली सर्ट हुदा आगलागी
20-August-2018


जक्सन डटकम
पोखरा, भदौ ४ 
पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको क्षति भएको छ । पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको पारीपट्टी घरमा आगलागी भएको हो ।
आगलागीबाट नव सन स्टार टेडर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १० लाखको क्षति भएको छ ।आगलागिमा मानविय क्षति भने नभएको  जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।राति आगलागी भएकाले ढिलो गरेर जानकारी पाउँदा धेरै क्षति भएको बताइएको छ । आगलागीको कारण यकिन भएको छैन । प्रहरीले बिजुली सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

 

Write a Comment

Events
Random Picks