लेकसाईडमा रुख भाँचिदा, विद्युत र फोन अवरुद्ध
20-August-2018

जक्सन डटकम
पोखरा, भदौ ४ ।
पोखराको मुख्य क्षेत्र लेकसाईडको पहारीचोकमा चौतारोबाट रुखको हाँगो भाँचिएको छ ।  भाँचिएको हाँगोले बिद्युत र टेलिफोन अवरुद्ध बनाएको छ ।विद्युतको पोलमा पनि क्षति पुगेको वडाध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए । उनका अनुसार अहिले भाँचिएको हाँगा पन्छाउने काम भैरहेको छ । सँगै विद्युतको पोल मर्मत पनि चलिरहेको छ ।नजिकै रहेको पसलमा पनि सामान्य क्षति भएको छ । हाँगो मक्किएर आँफै भाँचिएको वडाध्यक्ष पहारीले बताए ।

 

Write a Comment

Events
Random Picks