६५ बर्षिय बृद्ध महिलालाई जबरजस्ति करणी गरी फरार ब्यक्ति पक्राउ
14-September-2018

जक्सन डटकम
पोखरा, भदौ ३०

पोखरामा गत बुधबार दिउसो ६५ वर्षिया वृद्घ महिलालाई ५५ वर्षीय रेवतिरमण पौडेलले जबरजस्ती करणी गरी फरार भएका थिए् ।

फरार पौडेलको खोजतलासको लागी जिल्ला प्रहरी परिचालन गरी खोज अनुसन्धान भैइरहेको थियो ।  खोज अनुसन्धानको कम्रमा हिजो दिउसो (२८ गते) ३ बजेको समयमा पौडेललाई प्रकाउ गरिएको थियो । 

नियन्त्रणमा राखिएको निजलाई जबरजस्ती करणी मुद्घामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। 

Write a Comment

Events
Random Picks