पोखराको पुम्दी-भुम्दीमा सोमबारदेखि हराएकी बालिका मृत फेला
25-September-2018


जक्सन डटकम
पोखरा, असोज ९

पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दी(भुम्दीमा बालिका मृत फेला परेकी छन्।
सोमबार साझँ ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रीया विकको शव मंगलबार बिहान भेटिएको हो।
उनको शव पोखरा २२ कोदीमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।
उनले शवलाई हेर्दा कर्तव्य गरी हत्या गरेको देखिएको बताए । पोष्टमार्टमपछि थप जानकारी थाहा हुने उनले बताए ।

 

Write a Comment

Events
Random Picks