पोखरा पर्यटन परिषद्को अध्यक्षमा पोखरेल
25-September-2018


जक्सन डटकम
पोखरा,असोज ९ 
पर्यटन सङ्घसंस्थाको छाता संस्था पोखरा पर्यटन परिषद्को अध्यक्षमा चिरञ्जीवी पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । 

परिषद्को सोमबार सम्पन्न १८औँ साधारणसभा तथा १०औँ अधिवेशनले पोखरेलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा गोपीबहादुर भट्टराई, महासचिवमा डिल्लीप्रसाद गौतम, सचिवमा तारानाथ पहारी चयन भएका छन् । 

सदस्यहरुमा कृष्णप्रसाद भण्डारी, रामजी घिमिरे, रामचन्द्र शर्मा हुनुहुन्छ । परिषद्को पहिलो बैठकले तीन सदस्यमध्येबाट एकलाई कोषाध्यक्षमा मनोनित गर्ने नवनियुक्त अध्यक्ष पोखरेलले जानकारी दिए । 
अधिवेशनको अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आउने मङ्सिरसम्ममा पर्यटकीय शहर पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने सरकारको तयारी रहेको बताए । 
गण्डकी प्रदेशका सांसद राजीव पहारीले फेवाताललाई जोगाउन सकेमात्र पोखराको पर्यटनको भविष्य रहेकोमा जोड दिएका थिए । (रासस)

Write a Comment

Events
Random Picks