अपडेट : पोखरा पुम्दीभुम्दीमा मृत फेला परेकी बालिकाको बलात्कारको आशंका, झाडीमा शव (थप विवरण)
25-September-2018

जक्सन डटकम
पोखरा, असोज ९

पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा आज ९मंगलबार० सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक ९सुनार० हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् ।

मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन्, तर फर्केर आईनन् ।

झाडीमा शव घोप्टो परेको अवस्थामा थियो । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।

बाबुले दोस्रो बिहे गरे पछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् । बिरामी रहेकी आमा बेले बिक डेढ महिना अघिमात्रै उपचार गराएर घर फर्केकी थिईन् ।

स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले हत्या भएको देखिएपनि रेप भएको बारे पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताए । बलात्कारपछि हत्या हो ? भन्ने ‘मर्डर भएको छ । रेप भन्ने कुरा प्रहरीले कसरी बताउने ? पोष्टमार्टमका लागि हस्पिटल ल्याइएको छ । रिपोर्टले नै बताउँछ ।’ डिएसपी कार्कीले भने ।
घटनाबारे थप बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले फोन काटिदिए भने प्रवक्ता डिएसपी रबीन्द्रमान गुरुङको फोन उठेन ।

स्थानीय आन्दोलित


स्थानीयले बलात्कार गरेर हत्या गरेको हुन सक्ने अनुमान गरेका छन् । हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, पोष्टमार्टमका लागि शव लैजान दिँदैनौं भन्दै स्थानीयले धेरै समय प्रहरीलाई शव उठाउन समेत दिएन । नाराबाजी गर्दै गाउँ नै उल्टिएर प्रहरीलाई अवरोध गरेका थिए ।

सोत्र ​ : गण्डक न्युज

Write a Comment

Events
Random Picks