परिचय एड्भटाईजिङको दशैतिहार शुभकामना सहित सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न
9-October-2018


जक्सन डटकम
पोखरा, असोज २३

पोखराको प्रतिष्ठित व्यावसायिक कम्पनी परिचय एड्भटाईजिङले दशैतिहारको शुभकामना सहित भिडियोग्राफी, फोटोग्राफी र डिजाईनिङ कोर्स लिएका विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार पोखराको नागढुङ्गामा अवस्थित बाजेको सेकुवा रेष्टुरेण्टको सभाहलमा एक कार्यक्रम गर्दै परिचयले विद्यार्थीलाई शुभकामना सहित सर्टिफिकेट वितरण गरेको हो । कार्यक्रममा पोखराका पुराना सञ्चारकर्मी, विगतमा रेडियो बाराहीमा स्टेशन म्यानेजरको रुपमा काम गरिसकेका आशिष श्रेष्ठले डिजाईनिङ लगायत फोटो र भिडियोग्राफी सिकेका विद्यार्थीहरुलाई व्यत्तित्व विकास विषयमा प्रशिक्षण गराएका थिए । 

कार्यक्रममा बोल्दै परिचय एडभटाईजिङका प्रबन्ध निर्देशक सोबित बस्यालले कुनै पनि काम गर्दा अुनशासन पूर्वक निरन्तर भएर लाग्नुपर्ने बताए । विद्यार्थीहरुलाई दशैतिहारको शुभकामना दिदैं परिचय मेरो मात्र नभई हामी सबैको संस्था भएको उनले बताए । अब हामी एउटै परिवार हौ, उनले भने ।

आफुले पनि धेरै दुख मिहेनत गरेर परिचयको स्थापना गरेको भन्दै मेहनतको फल राम्रो हुने बताए । परिचयले पैसाका लागि मात्र काम गर्दैन, उनले भने, सामाजिक सेवामा पनि परिचयको योगदान छ । ईमानदारी र लगनशिलतालेनै  आफुलाई परिचय मिल्ने उनको तर्क थियो । 

बस्यालकै अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकद्वय प्रविन्द सिङ, सबिन उदास, परिचय एडभटाईजिङकी ईभेण्ट म्यानेजर निलिमा राई, परिचय नेटवर्कका समाचार प्रमुख सन्तोष बस्याल लगायतले शुभकामना दिए । विद्यार्थीहरुको तर्फ बाट बोल्दै तारा कुमारी परियारले आफुँ कमजोर आर्थिक परिवारको भएता पनि परिचय बाट सहयोग मिलेको बताईन । 

टेनिङले आफुलाई अहिले छुट्टै परिचय दिलाएको उनको भनाई थियो । कार्यक्रममा रुदैं बोलकी परियारले आफुभित्रको म लाई चिन्ने प्रयास गरेको छु भनिन् ।  परिचय एक ईभेण्ट म्यानेजमेण्ट सहित विज्ञापन प्रर्वद्धन गर्ने संस्था हो । २०६८ सालमा विधिवत रुपमा दर्ता गरि स्थापना गरिएको उक्त संस्थामा अहिले भिडियो, फोटाग्राफी सहित डिजाईनिङ क्लासहरु पनि भईरहेको छ ।

पछिल्लो समय परिचयले परिचय नेटवर्क नामको अनलाईन मिडिया पनि सञ्चालन गरेको छ । 

 

Write a Comment

Events
Random Picks