दसैँमा किनमेल र मानिसको आवातजावतको चहलपहल बढ्यो (फोटोफिचर)
11-October-2018


जक्सन डटकम
पोखरा, असोज २५ 
यतिबेला पोखराको चोकचोकमा दसैँका लागि सर्वसाधारणको किनमेल चहलपहल बढेको छ। यसैगरी मानिसहरुको आवातजावत पनि निकै बढेको छ ।  

विषेशगरी महेन्द्रपुल,चिप्लेढुङ्गा,न्यूरोड,लेक साइड,पृथ्वीचोक,पुरानो बसपार्क,नयाँ बसपार्क लगायतका क्षेत्रमा किनमेल गर्नका लागि सर्वसाधारणको भीड देखिएको छ। ति क्षेत्रका सडक पेटीमा हिँड्न समेत मुश्किल पर्ने गरेको छ।

दसैँमा नयाँ कपडा लगाई टिका तथा आशिर्वाद लिने चलन छ। जसले गर्दा लत्ताकपडाको बिक्री यतिबेला बढेको व्यवसायीहरु बताउँछन्।

तस्बिर :अर्जुन गिरि 

Write a Comment