प्रहरी दिवस २०७५ विशेष कार्यक्रम सम्पन्न: पोखरा (फोटो फिचर)
11-October-2018

जकसन डटकम
पोखरा,असोज २५

६३ औं प्रहरी दिवसको अवसरमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराकोआयोजनामा क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा ४ नं. प्रदेश सरकारका मुख्यमन्त्रीपृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रदाञ्जली तथा पुनरमिलन कार्यक्रम सम्पन्न भएको छ ।“अपेक्षा फलको छैन सधै कर्तव्य चिन्तन, आहुति प्राणको दिने तिमीमा अभिनन्दन ”भन्ने मुल भावनाले कर्तव्य पालनाका शिलसिलामा प्राणको आहुति दिने अमरप्रहरीहरुप्रति उनिहरुको त्याग र वलिदानलाई सम्मान गर्दै अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समयको परिवर्तन संगै आमनागरिकले नेपाल प्रहरी आफ्नो सबैभन्दा नजिकको साथी हो भन्ने महुशुस गरिसकेको बताउदै यसलाई जिवन्तता दिन प्रहरीले थप जनलक्षित गतिविधी गर्न आवस्यक रहेको बताए ।साथै उनले विज्ञान र प्रविथिको विकास संगै समाजमा नयाँ खालका अपराधहरु घट्ने गरेको बताउदै त्यसलाई निस्तेज पार्न नेपाल प्रहरी संगठनलाई वैज्ञानिक स्रोत साधन र दक्षताले सम्पन्न गराउनुको विकल्प नरहेको बताए ।

समारोहमा ४ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले नेपाल प्रहरी संगठन भित्र सक्षमता र दक्षताको कुनै कमि नभएको बताउदै यसलाई थप आधुनिकिकरण र स्रोत साधनले सम्पन्न गराउन आवास्यक रहेको बताए। साथै ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले सेवा प्रवाहका शिलसिलामा आफ्नो प्राणको आहुति दिने सम्पुर्ण अमर प्रहरीप्रति श्रद्धा सुमन अर्पण गर्दै संघियताको कार्यान्वयन संगै राष्ट्रको संस्थागत र प्रशासनिक विकासका क्रममा समाजमा आईपर्ने जस्ता सुकै चुनौतीहरुलाई पनि सामना गर्न नेपाल प्रहरी हरदम तयार रहेको बताए ।

प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुका साथै शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रहरीको मुलभुत कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने तथा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ब्यक्ति र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।

विभिन्न विधाका सम्मानित उत्कृष्ट प्रहरी कर्मचारीहरू :-

उत्कृष्ट साहसिक कार्य तर्फ :सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी जवान
ओम बहादुर सोमै,
उत्कृष्ट अपराध अनुसन्धान तर्फ : जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी
साहायक निरीक्षक सन्तोष सुवेदी,

उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ) : जिल्ला प्रहरी कार्यालय
म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर
उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ:- वडा प्रहरी कार्यालय
वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य
उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारी तर्फ : जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट
प्रहरी निरीक्षक ऐन बहादुर मल्ल

उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फ : वडा प्रहरी कार्यालय वैदाम
कास्कीबाट प्रहरी नायब उपरीक्षक नविन कार्की
उत्कृष्ट प्रहरी कार्य तर्फ : ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब
उपरीक्षक गोविन्द पुरी
उत्कृष्ट जिल्ला प्रहरी प्रमुख तर्फ : जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी
उपरीक्षक ओम बहादुर राना

४ नं. प्रदेश प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले सञ्चालन गर्नुभएको कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघ,
सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तस्बिर:विप्सन के.सि

Write a Comment

Events
Random Picks