लायन्स टुरिजम सिटीको लायन्स नाइट सम्पन्न
12-October-2018


जक्सन डटकम
पोखरा, असोज २६

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको चौथो संस्करण लायन्स नाइट पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवँरले समाज सेवामा लायन्सहरुको भूमिका प्रशंसनिय भएको रहेको बताए । उनले समाज रुपान्तरण गर्नका लागि पनि लायन्सको भूमिका महत्वपूर्ण हुने र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा संस्थालाई अगाडी बढाउन योगदान गरे वापत विभिन्न तीन जना व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा लायन्स क्लब अफ ३२५ वी वानका डिष्ट्रिक गर्भनर लायन अशोक श्रेष्ठ, निवर्तमान डिष्ट्रिक गर्भनर लायन धनराज आचार्य र संस्थालाई दिशानिर्देश गरेको भन्दै एनएलएफ चिफ लायन मिलन थापा रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि कुवँरले दोसल्ला, सम्मानपत्र, माला र बुकेले सम्मान गरेका थिए ।

सम्मान पछि बोल्दै सम्मानित व्यक्तित्व श्रेष्ठले संस्थामा लामो समयसम्म काम गर्दै गर्दा सम्मानित भएकोमा खुसी लागेको र आगामी दिनमा पनि अझै काम गर्ने प्रेरणा मिलेको बताए ।कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, लायन्स इन्टरनेसनल एसडब्लुसी चियरपर्सन लायन धुव्र थापा, सम्मानित व्यक्तित्वद्धय लायन धनराज आचार्य र लायन मिलन थापा लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत संस्थाका प्रथम उपाध्यक्ष लायन विनय थापाले र स्रष्टाको परिचय संस्थाका द्धितिय उपाध्यक्ष लायन सञ्जय मल्लले गरेका थिए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष लायन विष्णुबाबु खड्का, पूर्व अध्यक्ष लायन सुदीप पौडेल र संस्थापक लायन प्रदिप कुवँरले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

सोही अवसरमा अराइज व्याण्डले आफ्नो प्रस्तुती राखेको थियो भने गायिका आस्था राउतको वेजोड प्रस्तुती रहेको थियो । लायन र गैरलायन्सबीच फेलोसिप बढाउन, गर्भनरको सम्मान गर्न, विजयादशमी र शुभदिपावलीको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित लायन्स नाइटले लायन्स गैरलायन्स र लायन्स क्लब अफ पोखरा टुरिजम सिटीलाई चिनाएको छ ।

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन निरन केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लायन निरज पन्तले गरेका थिए ।

 

Write a Comment

Events
Random Picks