मैत्रीपूर्ण फुटबल खेलमा मिडियाको टिम विजयी
14-October-2018


जक्सन डटकम
पोखरा, असोज २८ 

सेभेन ए साईड फुटबल महासंघको आयोजनामा शनिवार पोखरा रंगशालामा भएको मैत्रीपूर्ण सेभेन ए साईड फुटबल खेलमा मिडियाको टिम विजयी भएको छ । 

मैत्रीपूर्ण खेलमा मिडियाको टिमले सेभेन ए साईड फुटबल महासंघको पदाधिकारीको टिमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा मिडिया टिमले सुरज श्रेष्ठको गोलबाट अग्रता लिए पनि सेभेन ए साईड फुटबल महासंघको तर्फबाट मिलन गुरुङले गोल गर्दै खेल बराबरीमा लगेका थिए ।

दोश्रो गोल गरे लगत्तै महासंघकै डि.बि नेपालीले गोल गर्दै टिमलाई पहिलो हाफमा २–१ को अग्रतामा पु¥याएका थिए । खेलको दोश्रो हाफमा भने मिडियाको टिमले २ गोल गरेको थियो । मिडियाका सुशान्त गाहा मगरले गोल गरी टोलीलाई २–२ को बराबरीको पु¥याएको केही मिनेटमा नै मन क्षेत्रीले अर्को एक गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

दोश्रो हाफमा महासंघ टिमबाट कुनै पनि गोल नभएपछी खेल मिडियाको टिमले ३–२ गोल अन्तरले जितेको हो ।  खेल हुनुभन्दा अघि सेभेन ए साईड फुटबल महासंघका अध्यक्ष नविन पुनले रेफ्रीलाई बल हस्तान्तरण गरी दशै तिहार छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना दिएका थिए । 
 

 

Write a Comment

Events
Random Picks