नेपाल आईडल सिजन २ को उपाधी पनि पोखराले नै पाउने छ : मनकुमार श्रेष्ठ
15-October-2018


जक्सन डटकम
पोखरा, असोज २९

एपीवान टेलिभिजनद्वारा आयोजित दोस्रो संस्करणको नेपाल आईडलको गाला राउण्डको अडिसन चल्दै गर्दा पोखराबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट ९ मा पर्न सफल भएका बिक्रम बराल र निलिमा थापा मध्यनै कोहि एक नेपाल आईडल सिजन २ को विजेता बन्नेमा ढुक्क हुन राष्ट्रिय जनसाँस्कृतिक मञ्च गण्डकी प्रदेशका संयोजक युवानेता कलाकार मनकुमार श्रेष्ठले बताए ।

पोखरामा आईतबार आयोजित नेपाल आईडलका प्रतियोगिहरुसँग राखिएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । यस अघि पहिलो संस्करणको नेपाल आईडलका विजेता बुद्ध लामालाई जिताउन गठन गरिएको सहयोग समितिको सचिवको भुमिका निर्वाह गरि लामालाई विजेता बनाउन सफल भएका श्रेष्ठले बिक्रम र निलिमालाई तपाईले आफ्नो प्रस्तुति राम्रो दिनु दर्शकको मन जित्नु, भोटको चिन्ता नलिनु भनि सुझाएका छन् ।

भोटका कारण पोखरा हिजो पनि पछाडी परेको थिएन र आज पनि पर्दैन उनको भनाई थियो । कतिपय कलाकारहरुले पोखरामा राम्रो संगीतका गुरुहरु छैनन, धेरै कुराहरु सिक्न पाईदैन सकिदैन भनेर काठमाडौंमा हाम फालीरहेको बेलामा हरेक रियालिटी शो पोखराले जितीराख्दा पोखराको संगीत प्रशिक्षणमा खोट लगाउने ठाउ नरहेको उनले बताएका छन् ।

उनका अनुसार नेपाल आईडलमा यदि कोहि प्रतिस्पर्धी कसैसँग डराईरहेका छन् भने त्यो हो पोखरा सँग । नेपाल आईडलका जज मध्यकै एक जज संगीतकार न्यु बज्राचार्य तर्फ किटान गर्दै श्रेष्ठले भने उहाँले भनिसक्नु भएको छ पोखराका प्रतिस्पर्धी सँग डराउनु है भनेर ।

हामीले देखेका छौ कसैको भावनासँग खेलेर आईडल जित्नेहरु पनि यहाँ नभएका होईनन् । तर पोखराबाट गएका हाम्रा पतिस्पर्धीहरु त्यस्ता छैनन् । उनिहरु आफ्नै क्षमताले गायिकीका माध्यमबाट दर्शकको मन जित्न चाहान्छन । त्यसैले पोखरा सफल हुनेमा आफु ढुक्क रहेको श्रेष्ठको भनाई थियो ।

धर्मेन्द्र सेवान, दुर्गा परियार, सिडिविजय अधिकारी, रितु लामा, रितु गुरुङ, बुद्ध लामाको उदाहरण दिदै श्रेष्ठले अहिले पनि भोटिङका कारण पोखरा पछि नपर्ने र पोखरालेनै नेपाल आईडलको उपाधी जित्नेमा आफु विश्वस्त रहेको बताए ।

उनले पोखराका प्रतिस्पर्धी बिक्रम र निलिमालाई आफ्नो गायिकीबाट दर्शक र जजको मन जित्नुहोस भोटिङको लागि राम्रो सँग अपिल गर्नुहोस बाँकी पोखरामा हामी छदैछौ भनि सान्तवना प्रदान गरे ।
कार्यक्रममा बिक्रम र निलिमाले अहिले सम्मको नेपाल आईडलको यात्राको विषयमा सहजीकरण गरेका थिए ।

उनिहरुले उक्त कार्यक्रममा भोटिङ गर्न अनुरोध पनि गरे । पोखराले विगतमा यहाँ बाट गएका प्रतिस्पर्धीहरुलाई सहयोग गरेको आफुले पनि देख्न पाएको बताउदै पोखराको माया पाउनेमा आफुहरु पनि विश्वस्त रहेको उनिहरुको भनाई थियो ।

त्रिबेणी संगीतालयका निर्देशक प्रतिस्पर्धी बिक्रम बरालका गुरु नवराज बरालले पोखराका दुवै प्रतियागिलाई आफुले फाईनलमा देख्न चाहेको बताए । यस्तै, बरालकै कुरामा साथ दिदैं जोजिजु म्युजिक स्कुलका प्रबन्ध निर्देशक विनित जोजिजुले हामी त एक जना पहिलो र अर्को दोस्रो भएको हेर्न चाहान्छौ । विजेता र उपविजेताको उपाधीनै पोखराले पाओस भन्ने कामना हो, उनले भने ।

 

Write a Comment

Events
Random Picks