सिप्रदी अर्थमुभर्सको शाखा कार्यालय अब पोखरामा
15-October-2018


जक्सन डटकम
पोखरा, असोज २८

नेपालका लागी टाटा हिटाचीको एकमात्र आधिकारीक बितरक सिप्रदी अर्थमुभर्स प्रा.ली.ले देशैभरी आफ्नो व्यवसाय बिस्तार गर्ने क्रममा हालै मात्र पोखरामा नयाँ शाखाको उद्घाटन गरेको छ ।

उक्त शाखा र्कायालयको उद्घाटनमा सिप्रदी ट्रेडिङ्ग प्रा लि का प्रमुख संचालन अधिकृत श्री राजेश प्रसाद गिरीज्यु, सिप्रदी अर्थमुभर्स प्रा.लि.का उप महाप्रबन्धक श्री राजेन्द्र कार्की ज्यु, टाटा हिटाचीका अन्तराष्ट्रिय व्यवसाय निर्यात प्रमुख श्री जयकारा कलमाडी ज्यु, तथा हेभी इक्युमेन्ट महासंघ नेपालका अध्यक्ष श्री तारा बहादुर कँवर ज्यु उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै सिप्रदीका प्रमुख संचालन अधिकृत श्री राजेश प्रसाद गिरी ज्युले आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्न आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय खोलि बिक्रि पश्चातको सेवा अझ प्रभावकारी तथा परिष्कृत गर्दै लैजाने प्रतिबद्वता व्यक्त गर्नुभयो र ग्राहकको सन्तुष्टि नै संस्थाको मुख्य उदेश्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न निर्माण व्यवसायी, क्षेत्रिय हेभी इक्युमेन्ट संघका पदाधिकारीहरु र क्रसर व्यवसायी संघको उपस्थिती रहेको थियो । सिप्रदी अर्थमुभर्स प्रा.लि.ले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको विभिन्न साइजको एक्जाभेटर , ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।

सोत्र : परिचय नेटवर्क
 

 

Write a Comment

Events