जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा
5-November-2018

 

जक्सन डटकम
पोखरा,कात्तिक १९  

एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । 

प्रतियोगितामा अष्टेलिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।

सङ्घका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र २३ महिलासहित ५३ जना तथा दोस्रो सर्किटमा ३३ पुरुष र २५ महिलासहित ५८ खेलाडीले भाग लिने छन् ।

होटल टेकर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिता अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने भएकाले यसले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।(रासस)

Write a Comment

Events
Random Picks