पोखरामा हुण्डी कारोबार गर्ने दुई पक्राउ
16-November-2018

पोखरा, ३० कात्तिक  

पोखरामा हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन । शुक्रबार कास्की प्रहरीले पोखरा–८ सभागृहचोकमा रहेको लुम्बिनी का संचालक नेत्रलाल ज्ञवाली र कर्मचारी प्रकाश थापालाई पक्राउ गरेको हो ।

हुण्डी कारोबार गरेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले ज्ञवालीलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले जानकारी दिए । 

प्रहरीले मनी चेन्जरमा अबैध रुपमा आएको नगद एक लाख ५० हजार रुपैयाँ, मोवाईल, कम्प्युटर र कागजात पनि नियन्त्रणमा लिएको र थप अनुसन्धान अगाडी बढाएको गुरुङले बताए ।

Write a Comment

Events
Random Picks