पोखरामा १८० थान लागु औषध सहित एक युवा पक्राउ
5-December-2018

जक्सन डटकम
पोखरा, मंसिर १९

पोखरा १० अमरसिँह चोकबाट १८० थान लागु औषध सहित एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीका सिद्धार्थ नगरपालिका दवकोटा चोक बस्ने २६ बर्षिय राजन मौर्य रहेका छन् । मौर्यले बोकेको झोलाबाट सिलप्याक गरी ल्याइएका डाइजापाम ६० थान, नुर्फिन ६० थान र पनरागन ६० थान गरी १८० थान लागु औषध भेटिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले मौर्यलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । 

Write a Comment

Events
Random Picks