सामाजिक विकृति विरुद्धको नाटक ‘घेरो’
5-December-2018


सुरक्षा श्रेष्ठ
पोखरा, मंसिर १९ 

गाउँतिर अझै पनि भजन गाउँने चलन यथावत छ । पुजा– आजादेखि फैलिएर अहिले मेला महोत्सबमा समेत भजनकिर्तनको अभ्यास छ । भजन गाउने, वालन देखाउने परम्परा नेपाली लोक जिवनका मौलिक परम्परा हो । 

यस्तै, एटा गाउँ जहाँको दिनचर्या पनि हो भजन । कोही गाउँछन्, त कोही नाच्छन्, कोही भने बाजा बजाउँछन् । यही गाउँका विविध पाटोभित्र एउटा अन्धविश्वास पनि जकडिएर बसेको छ । कसैको घरको दैलो अगाडी चामल पोखिँदा अनिष्टको संज्ञा दिएर मानिसलाई पिडा दिइरहेको छ । 

मसानका कारण दुहुना भैँसी मरेको जस्ता अन्धविश्वासमा पनि त्यही समाजमा थियो, जहाँ चामलको घेरोलाई छुन नहुने र छिर्न नहुने अन्धविश्वास थियो । यस्ता अन्धविश्वासका घटना नेपाली गाउँमा भइरहन्छन् । कहीँ छाउपडी प्रथा त कहीँ बोक्सी प्रथाका रुपमा । 

नाटककार केदार पौडेलले चामलको घेरो भित्र छिर्न नहुने र छुन नहुने विषयबस्तुलाई नाटकमा उतारेका छन् । जसलाई कपिल शर्माले निर्देशन गरेका छन् भने भजन रचनाकार मधुसुदन पौडेलले भजन लेखेर नाटकमा लोक संगीत भरिदिएका थिए । 

अन्धविश्वासले हामा्रे मतिष्कमा कसरी जरा गाडेको छ र त्यही अन्धविश्वासको पछि लागेर कसरी ठगीराखेका छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको लेखक केदार पौडेल बताउँछन् । वैज्ञानिक युग आइपुग्दा समेत अन्धविश्वासको जालो भने हट्न नसकेको भन्दै उनले चिन्ता देखाए । 

नाटकमा विदेशिएका युवाका श्रीमतीलाई लगाइने गिद्धेदृष्टी, साना साना कुरामा पनि धामी झाँक्रीको प्रतिको विश्वासलाई उत्कृष्ठ ढङ्गले प्रस्तुत गरिएको छ । नाटक मार्फत समाजमा चेतना भर्न र परिवर्तन गर्न सघाउ पुग्ने निर्देशक कपिल शर्मा बताउँछन् ।

घेरो नाटक हाम्रै समाजका बास्तविक घटना भएको बताउँदै निर्देशक शर्माले भने, हाम्रो आफ्नै विषयलाई नाटकमा उतारेका छौँ, यसले सँस्कृतिको जगर्नामा पनि सहयोग पु¥याउँछ । पोखरा थिएटर गैह्रापाटनमा यही मंसिर २१ गतेदेखि २९ गतेसम्म नाटक घेरो हेर्न पाइने युथ क्रियशन थिएटरले जानकारी दिएको छ । 

फोटो : गौसव गुरुङ

बाँकी फोटो हेर्नका लागी तलको लिङ्कमा थिच्नुहोस् :

http://jukson.com/event/848

 

 

 

Write a Comment

Events
Random Picks