व्यवसायी मिनबहादुर गुरुङको अनुभव
14-December-2018


सुरक्षा श्रेष्ठ / जक्सन डटकम 
पोखरा, मंसिर २८

नेपाली व्यवसायीको माझ अग्रपँक्तीमा गनिने व्यवसायी मिनबहादुर गुरुङले आप्mनो अनुभव पोखरेली व्यवसायीलाई सुनाएका छन् । पोखराको न्युरोड स्थित भाटभटेनी सुपरस्टोरको शिरानतलामा संचालित पोखरा स्काइ स्पोर्टस्को उद्घाटनमा सफल व्यवसायी गुरुङले युवाहरुलाई आपनै देशमा केही गर्नुपर्छ भनेर लाग्न हौसला दिए । 

‘गुरुङको छोरा भएकोले लाहुरे बन्ने तरखरमा थिए, तर होइन नेपालमै केही काम गर्नुपर्छ भनेर दृढ सोच पलायो ।’ भाटभटेनी सुपर स्टोरका संचलक गुरुङले शुरुमा ३५ हजार रुपैयाँमा व्यवसाय थालेको सुनाए । ‘मैले दृढ प्रतिज्ञा गर्दै काम सुरु गरे र कामलाई निरन्तरता पनि दिए उनले भने, म तपाइ युवाहरुलाई एकचोटी मिन बहादुर गरुङलाई हेर्नुस भन्छु ।’

राजनितिमा होइन, व्यवसायमा लाग्न उनले सुझाव दिए । ‘व्यवसाय गर्दा धैर्यता, इमान्दारिता र हार्डवर्किङ गर्नुपर्छ, बिना मेहनत, बिना परिश्रम व्यवसाय गर्न सकिँदैन ।’ उनले व्यवसायमा बेइमानी क्षेणिक हुने बताए । 
व्यवसाय गर्दा लचकदार हुन पनि उनको सुझाव छ । “पराजित भएर अरुको सेवा मात्र गर्ने होइन, सिर्जनशील भएर काम गर्नुहोस् ।” काम हेरेर प्रतिफल दिन पनि उत्तिकै आवश्यक छ । 

 

Write a Comment