गुण्डा नाइके भन्दा मन दुख्दैन– दीपक मनाङे
7-January-2019

जक्सन डटकम
पोखरा, पुष २३ 

मनाङबाट गण्डकी प्रदेश सभामा निर्वाचित गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले सपथ पाउनुपर्ने आफ्नो अधिकार भएको बताएका छन् । सपथ पाउँ भनेर आफु अदालत नजाने प्रष्ट्याउँदै उनले भने, ‘सपथ लिन पाउने मेरो अधिकार हो, अदालत जाँदिन ।’

उनले आफ्नो सपथ हुँदैन भने राजिनामा दिन तयार रहेको समेत बताए । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेसन शुरु भएकै दिन २३ पुषमा गण्डकी प्रदेश सभामा चहल पहल दिन पुगेका मनाङ्गेले पत्रकारहरुसँग उक्त कुरा बताएका हुन् । 

राजिनामा दिन्छु भन्दा पर्दैन भन्ने अनि सपथ दिन ढिला गर्न खोजेको भन्दै उनले असन्तुष्टी जनाए । संसद अधिवेसनमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मनाङ्गेले छुट्टै भेट्न प्रतिनिधि मार्फत समय मिलाउन लगाएका थिए । 

मुख्यमन्त्री गुरुङले उक्त प्रस्ताव अस्विकार गरिदिएपछि मनाङ्गे मुख्यमन्त्रीकै वरीपरी घुमिरहे । मुख्यमन्त्रीकै पछिपछि प्रदेश सभाको क्यान्टिनमा पुगेर औपचारिक कुराकानी गरेपनि उनीहरु विच सपथका विषयमा कुरा नभएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले बताए । 

मनाङ्गेले अब आफु निर्वाचन नलड्ने समेत बताए । निर्वाचन आयोगलाई निरिह भनेका उनले आफुलाई अझै पनि गुण्डा नाइके भन्दा केही फरक नपर्ने बताए । 

प्रदेश सभामा मनाङ्गेको क्षेत्रमा पुन निर्वाचन गराउन आवाज उठेको प्रसंगमा उनले भने, ‘निर्वाचन गराउँछ भने पनि छिटो गरोस् ।’ उनले आफ्नो क्षेत्रमा पुन निर्वाचन गराउँदा देशभर नै पुन निर्वाचन गराउनुपर्ने तर्क दिँदै त्यसका लागि आफु अन्तर्राष्ट्रिय अदालत जाने समेत चेतावनी दिए । 

मनाङ्गेले सपथ पाउँ भनेर सभामुखको सचिवालयमा पत्र पठाएपछि प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आइतबार कार्य परामर्श समितिको बैठक डाकेका थिए । बैठकमा समितिका सभापति मायानाथ अधिकारी लगायतले तत्काल शपथ गराउन नहुने सुझाव दिएका थिए । 

सभामुख अधिकारीले मनाङ्गेको काुनुनी पाटो नसुल्झी सपथ नगराउने निर्णय गरेको जानकारी दिएका छन् । 

 

 

Write a Comment

Events
Random Picks