मेलमिलाप मार्फत विवाद समाधानले सद्भाव कायम ः उपप्रमुख गुरुङ
7-January-2019

जक्सन डटकम
पोखरा १३ पुस ।

पोखरा महानगरपालिका वडा नम्वर २५ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । महानगरको न्यायिक समितिले तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको सोमबार उद्घाटन गरिन् । उपप्रमुख गुरुङले वडा तहका विवाद वडामै समाधान गर्नसके सद्भाव कायम हुने बताइन् । ‘विवादका पक्ष र विपक्ष दुवैलाई भावनात्मक रुपमा मिलाउनसके मात्रै समाजमा सद्भाव काय हुन्छ, त्यसैले मेलमिलापमा जोड दिइएको हो ।’

संयोजक गुरुङले ११ वटा विवादमा मेलमिलाप र १३ वटामा फैसला गर्न पाउने कानुनी ब्यवस्था रहेको बताउदै मेलमिलाप मार्फत  विवाद समाधानमा जोड दिनुपर्ने बताइन् । उनले वडामा हुने विवाद सम्वन्धित ठाँउकै ब्यक्ति मार्फत मिलाउन सहज  हुने भएकाले मेलमिलाप केन्द्र स्थापनामा जोड दिएको बताइन् ।

महानगरको न्यायिक समितिले सुचिकृत गरेको मेलमिलापकर्तामा वडा नम्वर २५ बाट १३ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् । न्यायिक समिति सदस्य पार्वती कार्कीले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताइन् ।

विवादका पक्ष र विपक्षको सम्वन्धलाई दिगो बनाउन मद्धन गर्ने कार्कीले बताइन् । वडा नम्वर २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाले विवाद समाधानमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने बताए । उनले गाविस हुदाँ पनि मेलमिलाकर्ता मार्फत विवाद समाधानको प्रयास भैरहेको केन्द्र स्थापना मार्फत विवाद समाधान गर्दा प्रभावकारी हुने बताए ।

कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन् ।

वडा नम्वर २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता खगेन्द्रबहादुर थापा, पूर्व हेमजा गाविसका उपाध्यक्ष धर्मराज बास्तोला, महानगरका कानुन शाखाका कानुन अधिकृत राममणी अधिकारी लगायलते न्यायिक समितिले विवाद समाधान मार्फत सम्वन्धित वडाको विवाद समाधानका लागि केन्द्र स्थापनाले सहज हुने बताए । न्यायिक समितिले यसअघि वडा नम्वर ७, १३, ३०, २१  म मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।

Write a Comment

Events
Random Picks