र्‍यान्डममा घनचक्कर संवाद– ‘मलाई पागलखाना पुर्‍याइएको छैन’
12-January-2019

sanjeev upreti

जक्सन डटकम
पोखरा, २८ पुस

‘उपन्यासमा एउटा प्रोफेसर मुख्य पात्र छ  । त्यसलाई अर्धपागल देखाइएको छ । कृति उपन्यास हो कि संस्मरण ?’ सरोज कोइरालाले घनचक्करका लेखक सञ्जीव उप्रेतीलाई प्रश्न तेस्र्याउँछन् । उप्रेतीले जवाफमा भन्छन्, ‘यो उपन्यास नै हो । यदि आत्मवृतान्त संस्मरण हुन्थ्यो भने म पागलखाना गइसकेको हुन्थें । किनकी कृतिको पात्र त्यहाँ गएको छ ।’  

¥यान्डम रिडर्स सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार गर्दै आइरहको विविध कृति समीक्षा, बहस तथा छलफलमा यसपटक उप्रेती र कोइराला एउटै मञ्चमा उभिएका हुन् । उनीहरुले संवादका माध्यमबाट घनचक्करबारे अन्तरंग चर्चा गरे । घनचक्कलाई धेरैले आत्मकथा भने पनि काल्पनिक कथामात्रै भएको उप्रेतीले प्रष्ट्याए । 

sanjeev upreti

‘केही व्यक्तिगत जीवनका कुरा प्रयोग गरेको छु । तर कथालाई फिक्सनाइज्ड पनि गरेको छु,’ उप्रेतीले भने, ‘यसले लामो समयदेखि लेखिँदै आएको यर्थाथवादको फ्रेम भत्काएको छ ।’ उनले पागलपन व्यक्तिगत र सामाजिक गरी दुईथरीका हुने बताए । जनआन्दोलनका बेला देशको अवस्था हेरेर आफूलाई उपन्यास लेख्न हौसला मिलेको उनले सुनाए । 

saroj koirala

कुराकानीकै क्रममा सरोजले उप्रेतीलाई प्रश्न गरे, ‘तपाईंको उपन्यासमा यथार्थवाद पनि छ । उत्तर आधुनिकवाद पनि छ । लीला लेखनवाद पनि छ । आञ्चलिकता पनि छ । खास कुन वादको प्रयोग गर्न खोज्नुभएको हो ?’ उनको प्रश्नको उत्तरमा फरक मत राख्दै उप्रेतीले भने, ‘मैले वाद नै लेख्छु भनरे लेखेको होइन । विषयवस्तुले माग गरेअनुसार नै लेख्दै ल्याएको हुँ । यसमा म्याजिक रियलालिज्म्को प्रयोग गर्न खोजेको छु ।’ 

random readers

घनचक्कर एउटा प्रोफेसरको कथामा आधारित भएपनि कैयौं दर्शन जोडिएका छन् । यही विषय वरपर रहेर सरोजले घनचक्करलाई सोधेको प्रश्नमा उत्तर दिँदै भने, ‘सबै मान्छे दार्शनिक हुन्छ । तर मैले किताबमा दर्शन दिन खाजेको होइन ।’ उनले संसारमा सबैले प्रेम गरेर सम्मान गर्न सिके पागल हुनु नपर्ने तर्क राखे । आफूलाई घनचक्कर उपन्यास पागलले गरेको गन्थन रैछ भने पनि स्वीकार्य हुने उनले बताए। ‘यो किताब लेख्दा म अलिकति डिस्टर्ब थिएँ, आमालाई अल्जाइमर भएको थियो, बस आफ्नो अनुभूतिसँग इमान्दार हुने प्रयास गरें’, उनले भने । 

पृथ्वीनारायण क्याम्पसकै अर्का प्राध्यापक विष्णुप्रसाद पौडेलले घनचक्कर प्रयोगशील उपन्यास भएको विचार राखे । पोखरा विश्वविद्यालयका प्राध्यापक शिव संकल्पले कतिपयलाई पढ्न दुरुह लागे पनि आफूलाई त्यस्तो नलागेको अनुभव सुनाए । 

अर्का प्राध्यापक विश्व अधिकारीले सञ्जीव उप्रेतीसँग विश्वविद्यालय पढ्दाताकाका रहस्य खोतले। भने, ‘उहाँ कहिल्यै क्याम्पस नआउने, आए पनि बाहिरै चुरोट पिएर बस्ने तर भूतो न भविष्यतिः सबैभन्दा धेरै नम्बर ल्याएर पास हुनुभयो ।’ पैताला उपन्यासका लेखक गनेस पौडेलले मूलपात्र पागल हुनुको कारण घनचक्कर उपन्यासमा नभए पनि पहिलो च्याप्टरभन्दा अघि केही छ भन्ने बुझ्नुपर्ने बताए ।

र्‍यान्डमका पूर्वअध्यक्ष राजेन्द्र चापागाईंले घनचक्कर आफूलाई सबैभन्दा मनपर्ने कृतिमध्येको एक भएको सुनाए । 

random readers

Photo : Bisan Udas and Arjun Giri / Jukson.com

Photo Gallery : http://jukson.com/event/868 

Write a Comment

Events
Random Picks