ग्लोबल रिचको अष्ट्रेलियन युनिभर्सिटी फेयर सकियो, तीन सय विद्यार्थी लभान्वित
15-January-2019


जक्सन डटकम
पोखरा, माघ १  

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिचले आयोजना गरेको अष्ट्रेलियन युनिभर्सिटी फेयर सकिएको छ । 

ग्लोबल रिचले मंगलबार आयोजना गरेको एक दिने ‘अष्ट्रेलियन युनिभर्सिटी फेयर २०१९’ मंगलबार सकिएको हो । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा भएको फेयरमा अध्ययनका लागि अष्ट्रेलिया जान चाहेका  तीन सय बढि विद्यार्थी सहभागिता जनाएका थिए । 

फेयरमा अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधि प्रत्यक्ष सहभागी भएको ग्लोबल रिच पोखरा शाखा कोअर्डिनेटर सरिता गुरुङले बताइन् । 

‘उच्च शिक्षाका लागि अष्ट्रेलिया जान सक्ने सम्भावना तथा राम्रो प्रोफाइल भएका विद्यार्थीको फेयरमा भिड लागेको थियो, गुरुङले भनिन्, ‘हाम्रो सेवाबाट प्रभावित भएर ग्लोबल रिचप्रति विद्यार्थीको आकर्षण बढेको छ ।’ 
ग्लोबल रिचको पोखरा शाखा सन् २०१५ मा भाटभटेनीमा स्थापना भएको हो । पोखरामा वर्षमा २ पटक ग्लोबल रिचले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आइरहेको छ । 

सन् २०१६, २०१७ र २०१८ मा ग्लोबल रिचबाट परामर्श लिएका सम्पूर्ण विद्यार्थी अष्ट्रेलिया जान सफल भएको गुरुङले जानकारी दिइन् । ‘अष्ट्रेलियाका धेरै युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएकाले पनि ग्लोबल रिचप्रति विद्यार्थीको विश्वास छ,’ उनले भनिन् । 

फोटो : गौसव गुरुङ

 

Write a Comment

Events