
जक्सन डटकम
पोखरा, माघ ७
बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका ६ रिठापाटा मध्य पहाडी लोकमार्गमा जीप खस्दा चारजना घाइते भएका छन् ।
कर्लिमबाट बाग्लुङ बजारतर्फ आउदै गरेको ग १ ज ६६४६ नम्बरको जीप अन्दाजी १० फिट तल खसेको प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीले जानकारी दिएका छन् । जीपमा सवार ६ जना मध्ये ४ जना घाइते भएको पुरीले बताए । उपचारका लागी घाइतेहरुलाई धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा पठाइएको छ ।
चालकलाई नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिएका छन् ।