सिद्धार्थ राजमार्गमा गुडिरहेको ट्रक माथी ढुङ्गा खस्यो, चालकको मृत्यु
22-January-2019

जक्सन डटकम
पोखरा ८ माघ


सिद्धार्थ राजमार्गमा भिरबाट खसेको ढुङ्गा ट्रकमा लाग्दा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार ३ बस्ने २८ बर्षिय चालक प्रेम शर्मा रहेका छन् । सिद्धार्थको राजमार्गको वालिङबाट गल्याङतर्फ जाँदै गएको ग १ क ३७७२ नम्बरको मिनिट्रक माथी ढुङ्गा खसेको थियो । 

शर्मालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

 

Write a Comment

Events