पोखरामा ग्रामिण पर्यटन महोत्सबको आयोजना
1-February-2019


सुरक्षा श्रेष्ठ / जक्सन डटकम 

गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफले पोखरामा ग्रामिण पर्यटन महोत्सबको आयोजना गरेको छ । फागुन २३– २५ सम्म हुने महोत्सबमा गण्डकी प्रदेशका विभिन्न ५० वटा होमस्टेका स्टल राखिनेछन् । महोत्सबमा १० वटा खानाका स्टल रहने आयोजक भिटोफ गण्डकीले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 

महोत्सबमा स्थानीय र राष्ट्रिय कलाकारले साँस्कृतिक प्रस्तुती, नृत्य लगायतका कार्यक्रम रहनेछन् । महोत्सबमा होमस्टेका उत्कृष्ठ साँस्कृतिक स्टल, उत्कृष्ठ सँस्कृति र खानाका परिकार बनाउने समुहलाई पुरस्कार समेत प्रदान गरिने भिटोफका पुर्व अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । 

पुरस्कृत हुनेहरु पहिलोलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । महोत्सब संचालन गर्न ५० लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । महोत्सबका लागि नेपाल पर्यटन बोर्ड पोखरासँग सहकार्य भएको भिटोफका अध्यक्ष रविन्द्रराज पौडेलले जानकारी दिए । 

कार्यक्रममा नेपालका घरबास कार्यक्रम शुरु गरेका स्याङ्जा सिरुबारीका स्व. रुद्रमान गुरुङको स्मृतिमा स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ गाउँ पर्यटन पत्रकारीता पुरस्कार प्रदान गरिने भएको छ ।

महोत्सबमा गण्डकी प्रदेश भित्रका सबै होमस्टेका अभिलेखिकरण गरी होमस्टे दर्पण २०७५ विमोचन गरिने आयोजकले जानकारी दिएको छ । 

 

Write a Comment