पोखरामा २ दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
3-February-2019


जक्सन डटकम
पोखरा २० माघ 

पोखरामा भएको दुई छुट्टा छुट्टै दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पोखरा २६ सुन्दरीबजार पृथ्वी राजमार्गमा ग १३ प ५७८० नम्बरको स्कुटर र ग १ क ३५७० नंम्बरको रेडी मिक्चर गाडी एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा पोखरा ११ चापापानी बस्ने वर्ष ५० कि चित्र कुमारी गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनकै श्रीमान ५२ बर्षिय बिरेन्द्रसिंह गुरुङ घाइते भई उपचार भइरहेको छ । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, पोखरा महानरपालिका २६ बुढीबजारमा ग १ त ३९८२ नम्बरको ट्याक्टरले ग.६ प.५०३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा बसिरहेकी १५ बर्षिय शितल ढुङगानालाई ठक्कर दिदा घाईते बनाएको छ ।

उनको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

Write a Comment

Events
Random Picks