लेकसाइडमा सडक बालक सुत्ने ठाउँमै सचिनको हत्या – प्रहरी
12-February-2019


जक्सन डटकम
पोखरा, माघ २९

पोखराको लेकसाइडमा एक किशोरको घाँटी रेटेर हत्या भएको छ । पाल्पा स्थायी घर भई अभिभावकसँगै पोखरा बस्दै आएका १४ बर्षिय किशोरको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

लेकसाइडको हलनचोकदेखि खहरे जाने बाटोमा निर्माणाधिन घरमा आज मंगलबार किशोरको शव भेटिएको प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले बताए । 

उक्त निर्माणाधिन घरमा सडक बालबालिकाहरु सुत्ने गरेको र सचिनको संगत सडक बालकसँग हुने गरेको डिएसपी कार्कीले बताए । ‘सोमबार घरबाट राती १० बजे साथी कहाँ जान्छु भनेर हिँडेका रहेछन्, कार्कीले भने, सडक बालक सुत्ने ठाउँमै आज उनको शव भेटियो ।’

हत्या भएका विषयमा अनुसन्धान गर्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

Write a Comment

Events
Random Picks