लेकसाइडमा सचिन हत्या प्रकरण : गर्लफ्रेण्डको निहुँमा हत्या (घटना विवरण सहित)
12-February-2019

जक्सन डटकम
पोखरा, माघ २९

पोखराको लेकसाइडमा गएराति भएको १४ बर्षिय सचिन सिञ्जालीको हत्या गर्लफ्रेण्डको निहुँमा भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरेको अभियुक्तहरुले नै हत्या गरेको स्विकार गरेका छन् ।

पाल्पाको रम्वापानी गाउँपालिका घर भई हाल लेकसाइडको शान्तिनगरमा डेरामा बस्ने सचिन सोमबार राती साथीकहाँ जाने भनेर घरबाट बाहिरिएका थिए । सडक बालकको संगतमा रहेका किशोर सचिन जब बेनी काले भनिने पर्वतको मल्लाज घर भइ अहिले पोखरामा रहेका कुमार गर्बुजा लगायतलाई भेटे, त्यसपछि उनीहरुबिच मनमुटाब बढ्यो ।

उनीहरु लेकसाइडमा माग्ने, बियर पिउने र ड्रग्स सेवन गरिरहेका थिए । जब सचिन अन्दाजी १५ वर्षीय किशोरी सुनिता नाम गरेको युवतीसँग बोल्न थाले, कुमार रिसाउँदै गए । सचिनले सुनितासँग विहेसम्मको कुरा गरे, त्सपछि कुमार भित्रभित्रै मुरमुरिए ।

आफ्नो गर्लफ्रेण्डलाई जिस्काएको भन्दै सचिनसँग रिसाएका कुमारले सुत्ने ठाउँमा पुगेपछि अरु दुई जना बालकलाई सुत्न लगाए । सचिन र कुमार भने झगडा गर्न थाले । त्यसपछि सचिनले आफुसँग भएको सानो चक्कु निकाले र कुमारको खुट्टामा प्रहार गरी घाइते बनाए ।

त्यसपछि कुमारले उक्त चक्कु खोसेर सचिनको घाँटी रेटिदिए । पेट र ढाडमा पनि प्रहार गरिदिए । कुमारले यसरी गर्लफ्रेण्डको निहुँमा सचिनको हत्या गरिदिए र फरार भए ।

तस्बिर : गौशव गुरुङ 

हेर्नुस् घटनाको सम्पुर्ण विवरण ।

घटनास्थल :  जिल्ला कास्की, पोखरा १६, लेकसाईड खहरे, निर्माणाधिन ६ तलेको घरको भूई तल्ला, स्ट्रिट नम्वर १७

पिडित :  पाल्पा जिल्ला, रम्वापानी गा.पा. घर भई लेकसाईड शान्तिनगर डेरा गरी बस्ने जित बहादुर सिंजाली को छोरा वर्ष १४ को सचिन सिंजाली

अभियुक्त : बेनी काले भनिने, पर्वत जिल्ला मल्लाज वस्ने वर्षको २१ को कुमार गर्बुजा, 

- मिति २०७५।१०।२९ गते विहान २:३० बजे प्रहरीलाई घटनाबारे जानकारी  गराएको ।

- घटनास्थल सुरक्षित राखी विहान ६:०० बजेदेखि वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको ।

घटना विवरण

- मिति २०७५।१०।२८ गते १६:०० बजे घटना घटेको स्थलमा (जहाँ सडक बालबालिका बस्ने गर्दथे) निज अभियुक्त बेनी काले भनिने, पर्वत जिल्ला मल्लाज वस्ने वर्षको २१ को कुमार गर्बुजा, मोटे भनिने सुसान्त परियार, डल्ली भनिने अन्दाजी वर्ष १४ र १५ की सुनिता गुरुङ रक्सी पिएका र सोही समयमा मृतक गोरे भनिने सचिन सिंजाली आई उनीहरु संग रक्सी पिएको ।

- करिव १६:३०० बजे सेन्टरपोईन्ट भित्र मृतक सचिन, कुमार र सुनिता गुरुङ रु १०० को छ्याङ खान गएको ।

- १७:०० बजे देखि १९:०० बजेसम्म सेन्टरपोईन्टमा माग्न बसेको ।

- १९:०० देखि २१:०० बजेसम्म क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसंग भेटि टहलिएको ।

- २१:०० बजे त्यहाँबाट निस्की पुन मृतक सचिन, कुमार, सुनिता, सुसान्त र घटनास्थल सुकदेव पुगेको । डेनड्राईट सुग्दै बसेको । सोही क्रममा सुनितासंग सचिन बोलेको विबाह गर्ने कुरा गरेको उक्त कुरा सुने पछि मूख्य अभियुक्तलाई भित्र भित्र आफ्नो गर्लफ्रेन्डसंग त्सस्तो कुरा गर्दा जलन भएको । कुमारले मानमा म केही गरेर देखाउछु भन्ने सोचेको ।

- डल्ली भनिने सुनिता १०:३० बजेतिर पृथ्वी चोकतिर सुत्न भनी गएकी त्यस पछि कुमार, मृतक सचिन, सुशान्त, सुकदेव माग्न भनि बिजिबि अगाडि गएको र मागेको

- करिव १२:०० बजे तिर पुन सुत्ने स्थान (घटनास्थल) पुगी २ बोतल बियर र एउटा स्याउको रक्सी (बटारे) पिउन शुरु गरेको ।

- २ जना बालकहरुलाई तिमिहरु सुत भनी सुत्न लगाएको तर निदाएका भने थिएनन् ।

- २ जना रक्सी पिउदै गर्दा कुमार र सचिन बिच पुन केटीको (सुनिता) को विषयमा बादबिवाद हुँदा सचिनसँग भएको सानो हाते चक्कु निकाली अभियुक्त कुमारलाई खुट्टामा प्रहार गरी घाईते बनाएको। कुमारले चक्कु खोसी घोप्टो पारी घाटि सेरेको । सोही चक्कुले पेट र ढाडमा २र३ पटक प्रहार गरी करिव १२।४५ बजे फरार भएका । २ जना बालकहरु पनि डरले कुमार संगै डरले काप्दै भागेका । 

- ट्याक्सी रिजर्व गरी पृथ्वी चोकमा झरी शान्तीवन बाटिका जाने बाटोमा भित्र चक्कु ढुंगाले छोपी पुन पृथ्वी चोकमा फर्केको 

- २ जना बालकहरुलाई त्यही छाडि पुन कुमार घटनास्थल हेर्न भनी करिव २:१५ बजे ट्याक्सी मै आएको मृत देखेपछि उत्तानो बनाई सुताई बाहिर निस्की ट्याक्सी रोकी प्रहरीलाई खबर गर्न भनेको ।

- ट्याक्सीले सेन्टरपोईन्टमा आई प्रहरीलाई १०० मा फोन गरी खबर गरेको ।

- प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान थालेको ।

- प्रहरीले २९ गते बिहान बेनी कालेलाई लेकसाईडबाट समातेको , सुकदेवलाई बराहीघाटबाट समातेको, सुशान्तलाई न्युरोडबाट समातेको । 

- लुकाईएको चक्कु आज दिउसो १२:०० नै बरामत गरिएको ।

- सम्पुर्ण अभियुक्तहरु १० घण्टा भित्र समातिएका ।

साथै अभियुक्तले भने झै निजहरु राति १२:०० बजे ४ जना मृतक सचिन, अभियुक्तहरु कुमार, सुकदेव, सुशान्त १२:०८ मिनेट जाँदा हल्लिदै घटनस्थलमा भएको निर्माणाधीन घरभित्र प्रवेश गरेको देखिन्छ र १२.४६ मिनेटमा मृतकबाहेक ३ जना अभियुक्त बाहिर निस्केको बैदाम प्रहरीको सिसि क्यामेरा मा कैद भएको देखिन्छ । 

पुन सिसि क्यामेरामा २:१३ बजे कुमार एक्लै भित्र छिरेको र २:१४ मा बाहिर निस्की ट्याक्सी रोकेको प्रष्ट बैदाम प्रहरीको सिसि  क्यामेरामा कैद भएको देखिन्छ ।

Write a Comment

Events
Random Picks