पोखरामा बन्द विरुद्ध प्रदर्शनी
14-March-2019


पोखरा, फागुन ३०

पोखरामा युवाहरुले बन्द विरुद्ध प्रदर्शनी गरेका छन्।

विवेकशील साझा पाटीमा आवद्ध युवाहरुले पोखराको पृथ्वीचोकमा 'बन्दले देश बन्दैन', 'बन्दको विकल्प खोजौँ', 'नेपाल खुला छ' लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका हुन्।

देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले  खोज्नु पर्ने विवेकशील साझा पाटी कास्की जिल्ला सदस्य सुरेश पहारीले बताए। पाटीहरुलाई विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न र सरकारले सबैको माग वार्ता र सम्वाद मार्फन निकास निकाल्नु पर्ने उनले बताए। 

बन्द हड्तालले युवाहरुको भविष्यसंग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग, व्यापारसमेत ठप्प हुन नहुने बन्द विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन्।

साभार : अन्नपुर्ण पोष्ट

 

 

Write a Comment