पोखरामा बन्दको दिन सवारी र्दुघटना, तीनजना घाइते
14-March-2019


जक्सन डटकम
पोखरा, फागुन ३०

पोखराको नयाँबजारमा मोटरसाइकल र स्कुटर ठोक्दिा सवारी दुर्घटना भएको छ । दुवै साधनमा सवार तीन जना घाइते भएका छन् ।

जसमा स्कुटरमा चालक गम्भीर घाइते भएका छन् भने मोटरसाइकलमा सवार दुईजना सामान्य घाइते भएका छन् । स्कुटर महेन्द्रपुलबाट नयाँबजार आउदै गरेको र  मोटरसाइकल नयाँबजारबाट महेन्द्रपुल जादै गर्दा एकआपसमा ठोक्नि पुगेको स्थानीय बुद्धिमान रानाले बताएका छन् ।

उपचारका लागी घाइते तीनैजनालाई नयाँबजारमा रहेको चरक अस्पतालमा लगिएको छ । घाइते हुनेमा तीनैजना पुरुष रहेका छन् । हालसम्म घाइतेहरुको सनाखत नभएको कास्कीका प्रहरीले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

फोटो : विशान उदास / जक्सन डटकम

Write a Comment