अपरिचित व्यक्तिको चक्कु प्रहारबाट पुरुष घाइते
18-March-2019

जक्सन डटकम 
म्याग्दी, चैत ४

म्याग्दीमा अपरिचित व्यक्तिको चक्कु प्रहारबाट एक जना घाईते भएका छन् ।

म्याग्दीको मालिका गाउँपालिका-५ देविस्थान बस्ने ४९ वर्षीय इनसारा रानालाई अचानक अपरिचित व्यक्तिले चक्कु प्रहार गर्दा उनी घाईते भएकी हुन् ।

उनको टाउकोमा चोट लागेको छ । उनलाई थप उपचारको लागि पोखरा ल्याईएको प्रहरीले जनाएको छ ।

Write a Comment

Events
Random Picks