पोखरामा अपरिचित व्यक्तिले ढुङ्गा प्रहार गर्दा ११ वर्षीय बालक घाईते
18-March-2019

जक्सन डटकम
पोखरा, चैत ४

पोखरामा अपरिचित व्यक्तिले ढुङ्गा प्रहार गर्दा एक बालक घाईते भएका छन् ।

अपरिचित व्यक्तिले टाउकोमा ढुङ्गा प्रहार गर्दा पोखरा महानगरपालिका २९ पट्नेरी बस्ने ११ वर्षीय रेशम मगर घाईते भएका हुन् । घाइतेलाई उपचारका लागी पोखराको मनिपाल अस्पताल लगिएको प्रहरीले जानकारी दिएका छन् ।

उनको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

साङ्केतिक तस्बिर

Write a Comment

Events
Random Picks