गोरखाको गण्डकी गाउपालिकामा जिप दुर्घटना, ७ जना घाइते
15-May-2019


गोरखा, जेठ १

गोरखाको गण्डकी गाउपालिकामा जिप दुर्घटना भएको छ ।

तान्लिचोकबाट गण्डकी गाउपालिका कार्यलय जादै गरेको वा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परि ७ जना घाइते भएका छन । जिप दर्बुङ्गको रानी स्वरामा सडकबाट ७० मिटर तल खसेको प्रतक्ष्यदर्शीले जानकारी दिए । घाइते हुनेहरुमा सिता लामिछाने, मिना पन्त, सर्जन थापा, होम बहदुर थापा काजि थापा दिपक थापा र मिलन श्रेष्ठ रहेका छन् ।

प्रतक्ष्यदर्शीका अनुसार घाइतेलाई उपचारको लागि काठमाडौँ लगिएको छ ।

Write a Comment