कास्कीमा लागुऔषध सहित सातजना पक्राउ
23-May-2019

पोखरा, जेठ ९ 

कास्कीमा ठूलो मात्रामा लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

पोखरामा लागुऔषधको कारोबार भएको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी निरीक्षक सागर पन्तको टोलिले दुई महिला सहित पाँच पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपेन्देही रोहिणीका ४३ वर्षीय रामबृक्ष कोहार, तेतरी कोहार र सोनम कोहार त्यस्तै पोखरा बगर बस्ने २६ वर्षीय अनिल गुरुङ , पोखरा २८ का २० वर्षीय शुक्रराज सुनार, पोखरा१३ का ४४ वर्षीय विक्रम वि।क र पोखरा ३२ का ३४ वर्षीय अजय गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट तीन सय ४१ थान फेनारगन, तीन सय ४१ थान डाइजापाम , तीन सय ४१ थान बुर्फिनफन र नाइट्रोसन एक सय चक्की सहित उनिहरुलाइ पक्राउ गरेको हो ।

रुपन्देहीका कोहार परिवारले पोखरा ल्याइ अन्य चार जनालाइ बिक्री गर्ने गरेको अनुसन्धान बाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी ओमबहादुर रानाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

” सलिम खान भन्ने व्यक्तीओए भारतबाट भित्र्याउने काम गर्दो रहेछ,बोर्डरबाट छिरे पछि विभिन्न तरिकाले भित्र्याउने काम हुदो रहेछ” उहाँले भन्नुभयो । प्रहरीको विषेश टोलिले ठूलो मात्रामा लागुऔषध पक्राउ गरेको एसपी रानाले जानकारी दिनुभयो । रामबृक्ष, तेतरी र सोनामले पोखरा ल्याइ अनिल, शुक्रराज,विक्रम अजय लगायतलाइ बेच्न लागेको प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले बताउनुभयो । 

घटनाको बारेमा थप  खोज-अनुसन्धान भइरहेको एसपी रानाले  जानकारी दिनुभयो ।

Write a Comment

Events
Random Picks