पोखरामा भ्यानले ठक्कर दिँदा २० वर्षीय चौलागाईको मृत्यु
11-June-2019


पोखरा, जेठ २८

पोखरामा गाडीको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको बुद्दचोकमा बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । भ्यानको ठक्करबाट मृत्यु हुनेमा काभ्रे घर भएका स्कुटर चालक कृष्ण प्रसाद चौलागाई रहेका छन्।

दुर्घटनामा घाइते भएका २० वर्षीय चौलागाईंको उपचारका लागि पोखरा हस्पिटल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् । काठमाण्डौंस्थित एक इन्टरनेट कम्पनीमा काम गर्ने उनी कामकै शिलशिलामा पोखरा आएका थिए ।

बाटो काट्ने क्रममा महिलालाई जोगाउन खोज्दा उनको स्कुटर पल्टिएको थियो । स्कुटरसहित पल्टिएका चौलागाईंलाई पछाडीबाट आईरहेको गाडीले ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको र गाडी चालकलाई नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव प्रसाद पाठकले जानकारी दिए।

Write a Comment

Events
Random Picks